२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त

१८ पुस, काठमाडाैं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । मर्जर पछि पहिलो पटक पुस १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सीइओमा नियुक्ति गरेको हो ।

उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएकाे बैंकले जनाएकाे छ । आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् ।

प्रकाशित मिति : January 2, 2023 at 12:33 pm