९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

समिट र नेशनल माइक्रोफाइनान्सलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

१८ पुस, काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले यी दुई लघुवित्तलाई पुस ७ गते पत्र पठाएर सैद्धान्तिम सहमति दिइएको जानकारी गराएको हो । सैद्धान्तिक स्वीकृति पाएसँगै अब दुवै कम्पनीले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराउनु पर्ने छ  । साथै डिडिए मार्फत स्वाप रेसियो तय गर्नु पर्ने छ  । यी दुई संस्थाका बिच गत असोज २६ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १२:०४