दोहोरो अंकले बढ्याे सेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो
१७ पुस, काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा सुधार देखिएकाे छ । आइतबार सेयर बजार दोहोरो अंकले बढेको हाे । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२६ अकंले बढेर २०४६.२९ बिन्दुमा बन्द भएको छ ।
आइतबार २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको छ । आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ ।
कम्पनीको आज २२ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, धैलागिरी लघुवित्त, अजोड र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट लागेको हाे ।
प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १५:२५












