१० असार २०८३, बुधबार | Wed Jun 24 2026

निर्मला हत्या प्रकरणः एसपी विष्टदेखि सुरुवाल पखाल्ने चाँदनी साउदसम्मको पोलिग्राफ टेष्ट

७ असोज, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा छानविनमा लापरबाही गर्ने प्रहरी अधिकारीको पोलिग्राफ टेष्ट गरिएको छ । पन्तको हत्याको छानविनमा लापरबाही गरेको भन्दै निलम्बन गरिएका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरिएको हो ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका नै शंकास्पद देखिएको भन्दै प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको प्रहरी टोलीले पोलिग्राफ परीक्षण गरेको हो।

बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, कञ्चनपुरकै डिएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक उकेन्द्र खड्का, निर्मलाको सुरुवाल पखाल्ने चाँदनी साउदलगायत निलम्बनमा परेका प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको छ ।  पोलिग्राफको रिपोर्ट केही दिनमै आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : September 23, 2018 at 10:09 pm