५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१७ पुस, काठमाडाैं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते आइतबार अन्तिम दिन रहेको छ। नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम, बुटवल पावर र सिद्धार्थ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी कम्पनीले भोलि पुस १८ गते साेमबार बुकक्लोज गर्दैछन्। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन्।
१) नबिल बैंक
नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ काे नाफाबाट सेयरधनीलाइ चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेकाे छ । उक्त लाभांश पारित गर्न बैंकले ३८ औँ वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने भएकाे छ। सभा काठमाडाैंकाे गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ।
२) महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा पुस २९ गते बाेलाएकाे छ। सभा काठमाडाैंकाे लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र बाँकी ६.४७ प्रतिशत नगद लाभांश (करसहित) कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
३) नेपाल टेलिकम
नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को मुनाफामध्येबाट सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको पुस २८ गते बस्ने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
४ बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा पुस ३० गते बाेलाएकाे छ। सभा काठमाडाैंकाे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १२.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
५) सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्सले २१ औँ वार्षिक साधारणसभा पुस २९ गते बाेलाएकाे छ। सभा काठमाडाैंकाे भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १०:५२












