८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिद्धार्थ बैंकलाई संस्थापक सेयर बेच्न मुस्किल, सर्वसाधारणमा जारी गर्याे

१५ पुस, काडमाडाैं । सिद्धार्थ बैंकलाई संस्थापक सेयर बेच्न मुस्किल परेकाे छ । केही सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे ४६ हजार ८ सय ६९ कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेका थिए ।

उनीहरूले आफ्नो नाममा रहेकाे सेयर बिक्री गरिदिन बैंकमा निवेदन दिएका थिए । बैंकले प्रक्रिया पुर्याएर संस्थापकहरूलाई ३५ दिनभित्र सेयर खरिदका लागि आह्वान गरेको थियो । तर बैंकले ताेकेकाे समयमा काेही पनि संस्थापकहरूले सेयर खरिदकाे लागि आवेदन दिएका छैनन् ।

त्यसैले बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंककाे केन्द्रिय कार्यालय, हात्तीसारमा निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १५:३७