कैदी कुर्न बसेका प्रहरी जवान जितेन्द्र थापा मगरद्धारा अाफैलाई गोली हानी अात्महत्या
७ असोज, काठमाडाैँ । प्रहरी जवान जितेन्द्र थापा मगरले अाफैलाई गोली हानी अात्महत्या गरेका छन । कारागार सुरक्षा गार्ड स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान थापाले डिउटीमै रहेको समयमा अाफैँलार्इ गोली हानेका हुन ।थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका थिए । गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेट सुरक्षामा खटिएका थिए।
प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १०:२२