२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

१२ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन । उक्त संसदीय दलको सोमबार काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए ।

बागमती प्रदेशसभामा काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका–२ थापा चोक बस्ने ५५ वर्षीय थापासहित राप्रपा १३ जना सदस्यले दलको प्रतिनिधित्व गर्दै छन ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:४०