२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

११ पुस, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् ।

दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १६:२४