८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

विष्णु पौडेल अर्थमन्त्री बन्ने भएसँगै सेयर बजारमा उछाल, कारोबार रकम दुई अर्ब नाघ्यो

११ पुस, काठमाडौं । साता पहिलो काराेबारकाे दिन साेमबार सेयर बजारमा उछाल आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त हुने भएसँगै सेयर बजारमा उछाल आएको हाे । केहि दिन यता निरन्तर ओरालो लागेकाे सेयर बजार पौडेल अर्थमन्त्रीमा आउने कुराले लगानीकर्ता उत्साहित बनेका छन् ।

पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ । आज २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २० करोड ८८ लाख माथिको कारोबार भएको हो । आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन गोखार्ज फाइनान्स, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त, सीजनशील लघुवित्त, रिलायन्स फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:१९