२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमालेबाट विष्णु पाैडेलसहित चार जनाले सपथ खाँदै

११ पुस, काठमाडौँ । एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित थप तीन मन्त्रीले आजै सपथ लिने भएका छन । एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी लिएर उपाध्यक्ष पौडेल सहभागी हुँदैछन ।

त्यस्तै मन्त्रालयको विवरण सार्वजनिक नभए पनि धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले पनि आजै सपथ लिने एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:२५