२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ओलीले सत्ताको साँचो हातमा लिएपछि भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली उडे

११ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको साँचो हातमा लिएपछि आफ्नो नीति असफल भएको ठानेका भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली उडेका छन । ओलीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि राजदूत श्रीवास्तव दिल्लीतर्फ लागेका हुन ।

सत्ताको साँचो ओलीको हातमा पुग्दा नेपाली कांग्रेस, भारत र अमेरिका एकै पटक स्तब्ध बनेका छन । उनीहरूले आफ्ना प्रतिनिधिहरू मार्फत पछिल्लो १८ महिना नेपालमा संविधान र विधि मिचेर अनेक बितण्डा मच्चाएका थिए । उनीहरूको भूमिका बढ्दा ओलीको सत्ताच्यूत गर्नेदेखि सर्वोच्च अलालत र अख्तियार दुरूपयोग अनुस्न्धान आयोग इतिहासकै कमजोर सावित भए ।

उनीहरूको सहयोगपछि उत्साहित भएका तत्कालीन पाँच दलीय गठबन्धनका नेताहरूले उक्त गठबन्धनले १५ वर्षसम्म जाने सार्वजनिक उद्घोष गर्दै आएका थिए । भारतको नीति असफल भए पनि भारती प्रधानमन्त्री नरेन्द्र मोदीले भने प्रचण्डलाइ प्रधानमन्त्रीका रूपमा बधाइ दिइसकेका छन । राजदूतले आफूले खेलेको भूमिका अुनसार गठबन्धन कायम नभएपछि प्रचण्डको सपथ ग्रहण छल्न दिल्ली लागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १३:४६