२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा जारी (तस्विरसहित)

११ पुस, काठमाडाैं । सात दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल हुँदैछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ती भएसँगै दलहरुले मन्‍त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन् ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन् । उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न ४ बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:५१