अर्थमन्त्री जनार्दन शर्मा बाहिरिने खबरपछि सेयरबजारमा हरियाली
११ पुस, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८२ अंकले बढेर १८६४.४० विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा २९ स्टकको ३४ लाख ९७ हजार ३९७ रुपैयाँ बराबरको ५ हजार २८० कित्ता सेयर खरिदबिक्री भएको छ। अर्थमन्त्री जनार्दन शर्मा बाहिरिने खबरपछि सेयरबजारमा हरियाली भएको अनुमान गरिएको छ । शर्माका कारण सेयर बजारमा समस्या भएको भन्दै सेयरका जानकारहरूले बताउँदै अाएका छन ।
प्रकाशित मिति : December 26, 2022 at 11:35 am









