२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले आजै उपप्रधानमन्त्रीको सपथ लिने

११ पुस, काठमडौँ । नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजै उपप्रधानमन्त्रीको सपथ लिने भएका छन । माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाइ आजै उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । मन्त्रालयहरूको भागवण्डा मिलेपछि बाँकी मन्त्रीको टुंगो लाग्ने बताइएको छ । सम्भवत उनले गृह वा परराष्ट्र मन्त्रीको जिम्मेवारी पाउनेछन । श्रेष्ठको कोटामा सदाबाहर मन्त्री बन्ने गिरिराजमणि पोखरेल सांसदमा पराजित भएपछि यसपटक श्रेष्ठ आफैँ सरकारमा सहभागी हुन लागेका हुन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १०:३४