२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रचण्डलाई शपथ खुवाउने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डलाई माओवादी र एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:५१