२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

मन्त्रालय भाग लगाउन सत्तारूढ दलहरूको बैठक बस्दै, एमालेको भागमा १० मन्त्रालय

११ पुस, काठमाडौँ । प्रधानमन्त्रीको सपथ लगत्तै आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भएको छ । त्यसका लागि सत्तारूढ दलहरूको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उनमुक्ति पार्टी लगायतको सहभागिता रहनेछन ।

माओवादीले सरकारको नेतृत्व गरेको भए पनि एमालेबाट सबैभन्दा बढी मन्त्रीले सरकारमा सहभागिता जनाउनेछन । स्रोतका अनुसार एमालेलाई १० मन्त्रालय, माओवादीलाई ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ मन्त्रालय र जसपालाई २ मन्त्रालय दिइनेछ । राप्रपाले सरकार बनाउन समर्थन दिए पनि उसले सरकारमा सहभागिता जनाउने छैन् ।

बाँकी स्वतन्त्र र अन्यलाई राज्यमन्त्रीहरूको माध्यमबाट भाग पुर्याइने तयारी छ । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, रास्वपाबाट सभापति रवि लामिछाने र जसपाबाट अशोक राईले सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:५४