२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

पहिलो दल भएर पनि सत्ता गुमाएको कांग्रेस प्रतिपक्षमा पनि एक्लै

१० पुस, काठमाडाैँ । प्रतिनिधिसभाको पहिलो दल भएर पनि सत्ता गुमाएको नेपाली कांग्रेस प्रतिपक्षीमा एक्लो दल हुने भएको छ । संसदमा दलीय हैसियत भएका सबै दल सरकारको पक्षमा देखिएपछि नेपाली कांग्रेस प्रतिपक्षीमा एक्लो बनेको हो ।

स्वतन्त्र संसदको हैसियतमा भने कांग्रेससँग लोसपा र नेकपा एकीकृत समाजवादीका सांसद हुन्छन । आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १८:२४