५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

मन्दिरलार्इ बधशाला नबनाअाैँ भन्दै काठमाडाैँमा बृहत प्रदर्शन (फोटोफिचर)

६ असोज, काठमाडाैँ । हिन्दूहरूको महत्वपूर्ण चाड दशैँको पूर्व सन्ध्यामा त्यही हिन्दू समूदायका साकाहारी व्यक्तिहरूको संघ, संस्था र समूहले शनिबार काठमाडाैँमा पशुबली बन्द गर्न माग गर्दै बृहत प्रदर्शन गरेका छन । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल लगायतका संस्थाले शनिबार काठमाडाैँमा बृहत प्रदर्शन गरेका हुन ।

हजाराैँको संख्यामा रहेका प्रदर्शनकारीले मन्दिर पूजा गर्ने थलो भएकाले पशुबली दिएर बधशाला नबनाउन माग गरे । प्रदर्शनपछिको कोणसभामा सम्बोधन गर्दै परिषद्का अध्यक्ष नवराज ढकालले सर्वोच्च अदालतले समेत मन्दिरहरूमा हुने पशुबलीको अन्त्य गर्न अादेश दिएको भएपनि सरकारले कार्यान्वयन गर्न नसकेको भन्दै असन्तुष्टि पोखे ।

उनले सम्मानित सर्वोच्च अदालतको अादेश परिपालनामा जोड दिए । अध्यक्ष ढकालले मन्दिर सबैको पूजा गर्ने थलो भएका कारण त्यसलार्इ बधशालाको रूपमा प्रयोग नगर्न अाफूहरूले सरकारको ध्यानाकर्षण गराएको बताए । तस्बीरहरूः मनमोल गजुरेल।

 

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार २०:४३