२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालकोटको सहमतिः प्रधानमन्त्रीमा प्रचण्ड, राष्ट्रपति र सभामुखमा एमाले

१० पुस, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सत्ता समिकरणको सहमति भएको छ । सहमति अनुसार प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनेछन भने राष्ट्रपति र सभामुख नेकपा एमालेले बनाउनेछ ।

बैठकमा भएको सहमतिबारे जानकारी दिँदै एमालेका एक नेताले दैनिकीलाइ दिएको जानकारी अनुसार नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने र त्यसका लागि पहिलो कार्यकाल माओवादीका तर्फबाट प्रचण्डले नेतृत्व गर्ने सहमति भएको छ । प्रचण्डपछि सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले लिनेछन । स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्नेछन भने त्यसपछि प्रचण्डले गर्नेछन ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:०९