२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डको नेतृत्वमा एमालेसहितको नयाँ सरकार गठन गर्ने सहमति, नेताहरू राष्ट्रपति निवास जाँदै

१० पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेसहितको नयाँ सरकार बन्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको पाँच दलको बैठले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

बैठकमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलको बीचमा सहमति भएको छ । साँढे २ वर्षमा एमालेको नेतृत्वमा सरकार बन्ने गरी सहमति भएको र सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

केहीबेरमा दलका नेताहरू राष्ट्रपति भवन शितल निवास जाँदैछन । नयाँ सत्ता समिकरणमा एमालेसँग ७८ सांसद छ भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:५०