२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

जसरी पनि सरकारमा सहभागी हुने मिसनमा रहेका सिके राउत पनि बालकोटमा

१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा सरकार गठनबारे ५ दलकाबीचमा छलफल चलिरहेका बेला राउत पनि त्यहाँ पुगेका हुन् ।

बालकाेटमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका नेताहरु सहभागी छन् । बालकोट पुगेर राउतले आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन सकिनुअघि दलहरू तीव्र छलफलमा जुटेका हुन् । सत्तारुढ गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि राजनीतिक समीकरण फेरिने देखिएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:२८