२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले सहितको सरकार गठनका लागि बालकोटमा पाँच दलको बैठक जारी

१० पुस, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । बालकाेटमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट र जसपा १२ सिट  गरी १५६ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर  आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १४:२६