२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

माधव नेपाललाई घरको न घाटको बनाएर प्रचण्ड छिरे बालकोट, नयाँ समिकरण बन्दै

१० पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई घर न घाटको बनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन । योसँगै नयाँ सत्ता समिकरण बन्ने निश्चित भएको छ ।

पाँच दलीय गठबन्धन पनि तोडिएको छ । माधव नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवासँगै रहेका छन । ५ बजेभित्रै नयाँ सरकारको दाबी पेश गर्ने गरी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका संसदीय दलका नेताहरू ओली निवास बालकोटमा जम्मा भएका छन ।

संसदमा एमालेको ७८, माओवादी केन्द्रकाको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ सिट रहेको छ । चार दलको मत जोड्दा सरकार सहज ढंगले बन्ने देखिन्छ । १३८ सिट चाहिनेमा ४ दलको १४४ सिट हुन्छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १४:१७