२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

फुटको संघारमा गठबन्धनः कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि एमाले गुहार्दै प्रचण्ड

१० पुस, काठमाडौं । कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन ।

गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

कांग्रेसले माओवादी केन्द्रलाई भागबण्डामा सहमति नगर्दा प्रचण्ड एमालेतर्फ नजिकिएका हुन् । एमाले र माओवादीको दोस्राे तहका नेताहरूका यसअघि नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याउने पक्ष थिए । कांग्रेससँग भागबण्डामा कुरा नमिलेपछि ओलीलाइ गुहार्दै प्रचण्ड थप नजिकिएका हुन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:३९