२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालुवाटार बैठक छाडेर ओलीलाई भेट्न प्रचण्ड लागे बालकोटतिर

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट लागेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

बैठकबाट बाहिरिएका प्रचण्ड सिधै ओलीलाई भेट्न बालकोटतिर लागेका हुन् । ओलीले हिजाे मात्रै प्रचण्डले निर्णय गर्न ढिला गरेको बताएका थिए । उनले प्रचण्डले समयमा नै निर्णय गरे सरकारलाई समर्थन गर्ने संकेत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:२२