२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटार पुगेका प्रचण्ड बिचैमा छलफल छाडेर बाहिरिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका माओवादी केन्द्रका एक नेताले जनाए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १३:१६