२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालुवाटारमा देउवा-प्रचण्डको छलफलमा नेपालकाे आगमन

१० पुस, काठमाडाैं । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुट्न नसकेकाे बेला अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भइरहेको छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपालकाे पनि आगमन भएकाे छ ।

अहिले बालुवाटारमा तीन नेताबीच छलफल भइरहेकाे छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । तर, गठबन्धनमा माओवादी केन्द्र र कांग्रेस दुबैले प्रधानमन्त्रीमा दाबी नछाड्दा सहमति जुट्न सकस भएको हो ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ११:५६