२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सत्ता गठबन्धनको बैठक अघि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल

१० पुस, काठमाडौं । भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका का‌ंग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भएको हो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन् ।

बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन् । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ११:२१