७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

लाभांश पारित गर्न सिवाईसी लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लाेज कहिले ?

१० पुस, काठमाडाैं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा बाेलाएकाे छ । पुस ८ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठकले पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : December 25, 2022 at 11:09 am