२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डलाई देउवाको जवाफः मैले मानेर मात्र भएन तपाईंलाई प्रधानमन्त्री बनाउन अरूले मानेनन्

९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई आफ्ना पार्टीका अन्य नेताले प्रधानमन्त्री स्वीकार गर्न नमानेको जवाफ दिएका छन ।

पाँच दलीय सत्ता गठबन्धनको पूर्व सहमति अनुसार प्रधानमन्त्रीमा दाबी राखेपछि प्रचण्डलाई देउवाले शनिबारको गठबन्धनको बैठकमा यस्तो जवाफ दिएका हुन ।

बैठकमा माओवादीले पहिलो चरणमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने माग गरेको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्डको उक्त प्रस्तावपछि देउवाले कांग्रेस प्रचण्डलाइ पहिलो चरणमा प्रधानमन्त्री दिन तयार नभएको बताएकका थिए ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार २१:२६