२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

फर्निचर तथा फर्निसिङ सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा दिनेश अग्रवाल

९ पुस, काठमाडाैँ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घ काठमाडौँमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । आज राजधानीमा सम्पन्न सङ्घको २३औँ साधारणसभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली चुनिनुभएको छ । सङ्घको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की निर्विरोध हुनुभएको हो ।

सङ्घमा दुई सय आजीवन र चार सय साधारण सदस्य गरी छ सय फर्निचर व्यवसायी आबद्ध हुनुहुन्छ । सङ्घका अनुसार देशभर १२ हजारको सङ्ख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायमा करिब रु ३० अर्ब लगानी रहेको तथा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको सङ्घको तथ्याङ्क छ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार २०:००