२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रधानमन्त्रीमा देउवा, प्रचण्ड र नेपालको आलोपालो गर्ने पाँच दलीय गठबन्धनको सहमति

९ पुस, काठमाडौँ । पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता समिकरण र भागवण्डाको विषयमा गम्भीर छलफल गरेको छ । बैठकपछि कांग्रेस नेता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि बिहान गठबन्धनको अर्को बैठक बस्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाममा सहमति गर्ने संकेत गरे ।

उनले जन भावनाको सम्बोधन गर्दै पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सम्बोधन गरिने बताए । उनले भोलि बिहानको बैठकले सरकारको नेतृत्वका लागि देउवालाई अघि सार्ने प्रष्ट संकेत दिए । उनले पाँच दलीय गठबन्धन थप बलियो हुने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए ।

उनले सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र कुनै पनि विवाद नरहेको प्रष्ट परे । कार्कीको संकेत अनुसार पहिलो नेतृत्व देउवाले गर्नेछन भने दोस्रो नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्नेछन त्यस्तै तेस्रो अर्थात अन्तिम नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नेछन ।

गठबन्धनका कारण सरकार भने अस्थिर हुने देखिएको छ । स्थिरताका लागि पाँच वर्ष एकै दललाइ सरकार सञ्चालन गर्न दिनुपर्नेमा गठबन्धन र भागवण्डाका नाममा पाँच वर्षमा तीन जनाले प्रधानमन्त्री हुने सहमति गरेका छन । सोही बाटोमा गठबन्धन अग्रसर भएको छ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १९:३४