३ असार २०८३, बुधबार | Wed Jun 17 2026

सरकार गठनको तयारी ‘लुडो स्टायलमा’ चल्दैछः गोकुल बाँस्कोटा

९ पुस, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले सरकार गठनमा पाँच दलीय गठबन्धनले प्रस्तुत गरेको शैलीमा व्यंग्य गरेका छन । शनिबार साँझ सामाजिक सञ्जाल मार्फत बाँस्कोटाले सरकार गठनको तयारी ‘लुडो स्टायलमा’ चलिरहेको भन्दै व्यंग्य गरेका हुन ।

उनले भनेका छन, ‘स्पेनको क्लब फुटबल त्यसमाथि एल क्लासिको वाला नै होला भन्ठान्या सरकार गठनको गेम फाईनल्ली लुडो स्टायलमा चल्दै रहेछ।बरु क्रिकेट सुरु हुनै लाग्यो क्यार! अघिल्लोपल्ट २३पहिलो भो १२१ तेस्रो अहिले ३२ पहिलो ८९ दोस्रो भएर मिलेर बस्न पर्ने देखियो।’

प्रकाशित मिति : December 24, 2022 at 6:42 pm