२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डले समयमै निर्णय लिए सरकारलाई समर्थन दिने एमालेको संकेत, ओलीले यसो भने

९ पुस, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले समयमा नै निर्णय गरे सरकारलाई समर्थन गर्ने संकेत गरेका छन । शनिबार नेकपा ९एमाले० प्युठान–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभामा विजयी एमाले पोलिटब्यूरो सदस्य सूर्य थापालाई अभिनन्दन गर्न आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो संकेत गरेका हुन ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्न ढिला गरेको बताए । उनले स्थिरता र स्थायित्व, देशको अवस्थामा सुधार,समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने बताए ।

सोही अवसरमा ओलीले एमालेलाई देशमा सिर्जना भएको राजनीतिक अस्थिरता, सामाजिक तथा साँस्कृतिक विचलन र भयावह आर्थिक अवस्थाका बारेमा चिन्ता रहेको वताउँदै सरकारमा जाने वा अरु दललाई समर्थन गर्ने हतारो नभएको प्रष्ट पारे । अध्यक्ष ओलीले एमाले सरकार गठनको दावी गर्न नसक्ने हैसियतको पार्टी होइन भन्दै तर, सरकार बनाउने मात्रै दौडमा एमाले नलाग्ने बताए ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १६:२६