९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सिद्धार्थ इन्स्योरेन्सकाे लाभांश परिवर्तन, अब सेयरधनीले बाेनस सेयर पनि पाउने

८ पुस, काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिवर्तन भएकाे छ । नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न सुझाव दिएपछि कम्पनीले लाभांश परिवर्तन गरेकाे हाे ।

कार्तिक २९ गते बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे करसहित ९ .४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।

तर प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि वितरण नगद लाभांश वितरण कम्मपनीलाइ भनेकाे छ ।  अब कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४७३७ प्रतिशत नगद वितरण गर्नेछ ।

उक्त लाभांश कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते, बिहान ११ बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १३:४८