२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

शेरबहादुर देउवालाई बधाई दिन जनार्दन शर्मा बालुवाटार पुगे

६ पुस, काठमाडौं। नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालई बधाई दिन बालुवाटार पुगेका हुन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १४:१३