२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आफ्नै समूहका सांसदले नपत्याएपछि गगन थापा !

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा पराजित भएका हुन् । बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए ।

शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ ।

शेखर कोइराला समूहमा रहेका ३१ सांसद र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १२:२१