२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मेरो माइक्रोफाइनान्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

६ पुस, काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको हाे ।

लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ।

प्रकाशित मिति : December 21, 2022 at 10:53 am