एनआईसी एशिया बैंकले लाभांश नबाँड्ने, सेयरधनीहरुकाे हात खालि
६ पुस, काठमाडाैं । एनआईसी एशिया बैंकले लाभांश नबाँड्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण नगर्ने भएको हाे ।
बैंकको पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै बैंकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने छैन। उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुकाे हात खालि हुने छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि सेयरधनीहरुकाे लागि लाभांश वितरण गरेको थिएन।
सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृति गर्ने निर्णय गरेको छ। अन्तिम स्वीकृतिका लागि बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ।
प्रकाशित मिति : December 21, 2022 at 10:34 am









