९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

६ पुस, काठमाडाैं । सगरमाथा इनस्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले  आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

 पुस ५ गते मंगलबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५७९  प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश वितरणा गर्ने घाेषणा गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १०:२३