सुनसरीमा हत्या गरिएका शिक्षक खुर्दिश शहीद घोषणा, परिवारलार्इ नगद १० लाख राहत
६ असोज, काठमाडाैँ । सरकारले सुनसरीमा बिहीबार गोली हानी हत्या गरिएका शिक्षक खुर्दिश आलमलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले अालमलार्इ शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्दिश आलमलाई सरकारले शहीद घोषणा गरी उनको आश्रित परिवारलाई रु १० लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
यो पनि पढ्नुहोस्
–भारतीय सुरक्षाकर्मीले सुनसरीका शिक्षक खुर्सिदको हत्या गरेको विषयमा छानविन हुने
–शिक्षक खुर्सिदको हत्याको कारण खुल्यो, अातंककारी गतिबिधिमा संलग्न रहेको खुलासा
–सुनसरीमा हत्या गरिएका खुर्सिदः जसले चार भारतीय अातंककारीलार्इ नेपाली नागरिकता दिलाए
प्रकाशित मिति : September 22, 2018 at 1:27 am









