७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेसका प्रभावशाली युवा नेताहरूको साथ गगन थापालाई

५ मंसिर, काठमाडौं । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आकलन छ ।

प्रकाशित मिति : December 20, 2022 at 5:21 pm