२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

प्रतिनिधिसभाका सांसदहरूको सपथ ग्रहण बिहीबार

४ पुस, काठमाडौं। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ । मातृभाषामा सपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १५:११