१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेड नेपाली विद्यालयका छात्र श्रीयंश केसी भए स्टुडेन्ट अफ द एयर

४ पुस, एडिलेड । एडिलेड नेपाली विद्यालयले आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ । बिद्यालयले यस वर्ष छात्र श्रीयंश केशीलाई स्टुडेन्ट अफ द एयरको सम्मानले सम्मानित गरेको छ । केशीलाई विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयको स्वयंसेवक शिक्षिका समेत रहेकी साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य मञ्जु खड्का, एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेल सहितले सम्मान गरेका थिए ।

यसै गरी विद्यालयले Rising Star Award अनुभब सापकोटा र सानभी कोइराला, Awesome Attendance अवार्ड रुवि आचार्य र रोजेन मानन्धर, Amazing Listener अवार्ड त्रिश्ना लामिछाने र कृष्ण गौतम, Awesome Manner अवार्ड यरिशा कडेल र विशाज उपाध्याय, Sportsmanship अवार्ड सुभान कडेल र ऋतिक आचार्य, Awesome Attitude अवार्ड सुहानी राजभण्डारी र सबल पौडेल, Awesome Homework Hero अवार्ड श्रीयंश केशी, Creative अवार्ड त्रिशा लामिछाने, Fantastic Team Player अवार्ड शुमान्स रेग्मी, Enthusiastic Learner अवार्ड शेलेन ढकाल र सुयोग सापकोटा, Amazing Social Butterfly अवार्ड एरिशा सिम्खडा, Student Of Integrity अवार्ड सुहाना शर्मा, Excellent Effort अवार्ड ऋतिशा रिजाल र एड्रिन घिमिरे, Well Disciplined अवार्ड सम्य पौडेल र शैली सापकोटा, Awesome Class Leader आशुतोष गिरी, Outstanding Organizer अवार्ड कृतिना रोज पराजुली, Cooperative Little Champ अवार्ड Cooperative Little Champ अवार्ड इभाना बस्नेत र आरोन कडेल, Consistent Learner अवार्ड सान्सा कोइराला र आरोह धिताल, Amazing Role Model अवार्ड साकार सापकोटालाई प्रदान गरेको छ ।

विद्यालयकी प्रिन्सिपल लक्ष्मी सापकोटाले कक्षाको उपस्थिति पचास प्रतिशत वा सो भन्दा बढि हुने बालबालिकाहरुलाई पुरस्कृत गरिएको बताइन् । सापकोटाले बालबालिकाहरुमा नियमित विद्यालय आउने र नेपाली भाषा अध्ययनमा लगाव वृद्धि होस भनेर वर्षको अन्त्यमा पुरस्कृत गर्न विगत ३ वर्ष देखि थालिएको समेत बताइन् ।

एडिलेड नेपाली विद्यालयले २०१५ देखि नै एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ । उमेर समुह अनुसार दुइबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ ।

विद्यालयले एथ्नीक स्कुल एसोसियसन तथा विभिन्न सामाजिक संघ संस्थाद्वारा संचालित सांस्कृतिक कार्यक्रमहरुमा नेपाली मौलिक गित तथा नृत्य प्रस्तुति अलावा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा बालबालिकाहरुलाइ सहभागी गराउदै आएको छ । पछिल्लो समय देखी यहाका औपचारिक शिक्षा दिने विद्यालयकै ढाचामा अतिरिक्त क्रियाकलाप सहित नेपाली भाषाको अध्यापन गराउन थाले पछि विद्यार्थीहरु विद्यालय प्रति थप आकर्षित भएको अभिभावकहरुको प्रतिक्रिया रहेको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:२८