लाभांश प्रस्ताव पारित गर्न शिवम् सिमेन्ट्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?
४ पुस, काठमाडाैं । शिवम् सिमेन्ट्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते सातौँ वार्षिक साधारण सभा बाेलाएकाे हो। उक्त सभा सामना होटल, हेटौँडा उपमहानगरपालिका, बैंकरोड, मकवानपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले हुन आउने रकम ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, आगामी ४ कार्यकालका लागि कम्तीमा एक जना महिला सहित ५ जना सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : December 19, 2022 at 10:26 am









