१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

मेस्सीको नेतृत्वमा ३६ वर्षपछि अर्जेन्टिनाले कब्जा गर्यो विश्वकप फुटबलको उपाधि

३ पुस, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा साविक विजेता फ्रान्सलाइ पराजित गर्दै अर्जेन्टिना विजयी भएको छ।  लियोनल मेस्सीको नेतृत्वमा ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि उचालेको हो ।

लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरीमा रोकियो त्यसपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो ।

अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो। अर्जेन्टिनाका लागि यो विश्वकपको तेस्रो उपाधि हो ।

प्रकाशित मिति : December 18, 2022 at 11:46 pm