२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सुनकाे मूल्य तोलामा १ लाख नाघ्याे


३ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोलाकाे एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १३:५१