२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेले आफ्ना कमिटीबाट माग्यो निर्वाचनको मतपरिणाम र समिक्षा प्रतिवेदन (परिपत्रसहित)

२ पुस, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम र समानुपातिकको मतपरिणाम मातहतका कमिटीसँग माग गरेको छ । बागमती प्रदेश कमिटीको पादधिकारी बैठकले गरेको निर्णय जानकारी दिँदै प्रदेश परिपत्र २५ मार्फत अध्यक्ष केशवराज पाण्डेले प्रदेश समन्वय कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटी र जिल्ला कमिटीको बैठक बसी मतपरिणाम र समूर्ण पक्ष समेटिएको समिक्षात्मक प्रतिवेदन पठाउन निर्देशन दिएको छ । एमालेले पुस १० गतेसम्म सम्बन्धित कमिटीको बैठकपछि उपस्थितिको विवरणसहितको समिक्षा प्रतिवेदन पठाउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १५:२८