२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

इलाम १ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

२ पुस, काठमाडाैँ । इलाम १ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट परेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मतगणनामा धाँधली गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार ०८:३१